नेप्से परिसूचक दोहोरो अंकले घट्यो
काठमाडाैं | चैत २०, २०७९
काठमाडौं : नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ।
सेयर कारोबारको दोस्रो दिन आज नेप्से परिसूचक १६.६७ अंकले घटेर १८७१.८८ विन्दुमा पुगेको हो। सेन्सेटिभ इन्डेक्स ३.०५ अंकले घटेर ३५२.७१ विन्दुमा अडिएको छ।
आज २६० कम्पनीको २८ लाख २९ हजार ४२६ कित्ता सेयर ९२ करोड २ लाख ४९ हजार ११ रुपैयाँको सेयर खरिदबिक्री भयो। दोहोरो अंकले ओरालो लागेको सेयर बजारमा एउटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भयो।
कालिञ्चोक दर्शनको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो। यसदिन प्रभु बैंक डिभेन्चर २०८७ को सेयर मूल्य १० प्रतिशतले ओरालो लाग्यो।
कारोबार रकमका आधारमा नविल बैंक शीर्षस्थानमा रह्यो। सो बैंकको ३ करोड ६२ लाख मूल्य बराबरको सेयर कारोबार भयो। एनआईसी एसिया बैंकको २ करोड बढि मूल्यको सेयर कारोबार भयो।
कारोबारमा आएका १३ उपसमूहमध्ये १२ को मूल्य घट्यो भने १ को मात्रै बढ्यो। ट्रेडिङ उपसमूहको सूचक १.२१ प्रतिशतले बढ्यो।
पोखरा: बागलुङको ताराखोला गाउँपालिका–१ भुस्कातमा तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसार पर्व विविध कार्यक्रमका साथ मनाइने भएको छ । तमु ह्युल छोँज धी (गुरुङ राष्ट्रिय परिषद्) ताराखो...
काठमाडौं: नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य हालसम्मकै उच्च भएको छ । आज तीन हजार चार सयले बढेर सुन प्रतितोला दुई लाख ६१ हजार सात सय रुपियाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले ...
काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले १५औँ महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्ने बताउनुभएको छ । काठमाडौँ क्षेत्र नं ६ का पार्टीका कार्यकर्ता तथा मतदातालाई सम्...

